तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश: पहिलो पटक प्रमाणीकरणका लागि पठाइएको विधेयक फिर्ता

मकवानपुर।बागमती प्रदेशमा पहिलो पटक प्रमाणीकरणका लागि पठाइएको विधेयक संसदमा फिर्ता भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले “प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक“ फिर्ता गर्नुभएको हो ।

गत वैशाख १२ गते प्रदेश सभाबाट भई प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधनका लागि फिर्ता भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि आएका विधेयकमध्ये पहिलो पटक यो विधेयक प्रदेश सभामा फिर्ता भएको जनाइएको छ ।

नेपालको संविधानको धारा २०१ को उपधारा ९३० बमोजिम पुनर्विचार हुन आवश्यक रहेको सन्देशसहित विधेयक प्रदेश सभामा फिर्ता गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताउनुभयो । संघीय सरकारको चिट्ठा ऐन २०२५ सँग बाझिएको, अवैध सम्पत्ति शुद्धीकरण गर्नका लागि मद्दत पुग्ने, संघ र प्रदेश सरकारको साझा सूचीमा पर्ने लगायतका कारणले प्रदेश प्रमुखले यो विधेयक प्रदेश सभामा फिर्ता गर्नु भएको बताइएको छ ।

प्रदेश प्रमुखबाट फिर्ता गरिएको विधेयक आगामी प्रदेश सभा बैठकमा सभामुख भुवनकुमार पाठकले सुनाउनु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button