तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर एकै परिवारका चार जना घाइते

दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीको खाम्तेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका हुन् । सोमवार राती ११ बजेतिर सुतीरहेको बेला प्रविण विकको घरमा चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

चट्याङ लागेर घाइते भएका चार जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

चट्याङ लागेर घाइते भएका २१ वर्षीय पारस विक र १६ वर्षिया हेमा विकको अवस्था गम्भीर रहेको छ भने १७ वर्षिया पूर्णा विक र २० वर्षिया पुष्पा विक सामान्य घाइते भएको डिएसपी लम्सालले बताउनुभयो । घाइतेहरूलाई राती नै उद्धार गरी जिल्ला अस्पताल दैलेखमा उपचार गराई रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button