तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रतिगमन मुर्दावाद’ भनेर मात्र परिवर्तनको रक्षा हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

ललितपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘प्रतिगमन मुर्दावाद’ भनेर मात्र राजनीतिक परिवर्तनको रक्षा गर्न नसकिने बताउनुभएको छ ।

file photo

लोक साहित्य परिषद्का प्रमुख संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०४ औँ जन्मजयन्तीको अवसरमा ललितपुरको मङ्गल बजारमा लोक साहित्य परिषद्द्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता र नेपाली राजनीतिक परिवर्तनले दिएको निर्देशनअनुसार लक्ष्य हासिल गर्न नसकेकाले यस सन्दर्भमा जस्तोसुकै समस्याको समाधान गर्दै समृद्धिको लक्ष्य हासिल गर्ने ठाउँमा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक पार्टी र नेता नबदलिएसम्म देश नबदलिने जनतालाई थाहा छ । जनताले हामीलाई त्यही सन्देश दिइरहेका छन् । यसलाई आत्मसात गरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारको जालो तोड्नु आवश्यक छ ।” कमिसन र भ्रष्टाचारको जालोलाई तोड्न नसके सुशासनको स्थापना गर्न नसकिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

स्व जोशीलाई राष्ट्रिय नायकको रुपमा स्थापित गर्नका लागि सरकारका तर्फबाट के गर्न सकिन्छ त्यो बारेमा गम्भीर पहलकदमी थाल्ने उपप्रधानमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button