काँग्रेस असन्तुष्ट पक्षः जिल्ला सभापतिहरुको भेला जारी
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले बहुमतको आधारमा गरेको निर्णयप्रति असन्तुष्ट रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको काँग्रेस जिल्ला सभापतिहरुको भेला आज पनि पार्टी कार्यालय सानेपामा जारि रहयो ।
आजको भेलामा १३ जना सभापतिहरुले विधि र पद्धतिबाट पार्टी सञ्चालन गर्नुपर्ने र पुष ११ गतेको केन्द्रीय समितिको बैठक सच्याउनु पर्ने धारणा राख्नुभएको काँग्रेस नेता अर्जुन नरसिंह केशीले जानकारी दिनुभयो ।
एकलौटी रुपमा महाधिवेशनको मिति तोकिएको तथा विधान विपरीत गएर केन्द्रिय समितिबाट गरिएका निर्णय आफुहरुलाई मान्य नहुने भन्दै परामर्श गर्न भनेर रामचन्द्र पौडेल समुहले जिल्ला सभापतिहरुलाई काठमाडौमा बोलाएर हिजोदेखि छलफल थालेको छ ।
भेला भोलीसम्म चल्ने छ ।







प्रतिक्रिया राख्नुहोस्