तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक आज पनि बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान १०ः३१ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आ.व. २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ । सोमबारबाट सुरू भएको
बजेटका सिद्धान्त र प्राथमिकतामा सोमबार सांसदहरुले बोल्ने क्रम नसकिएकाले मंगलबार पनि सोही विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button