तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिना र भियतनामीका पूर्व गृहमन्त्रीबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एवम् नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआन बिच शिष्टाचार भेटघाट भएको छ । 

 अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्व गृहमन्त्री तुआनबिच  अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान  शिष्टाचार भेटघाट भएको हो । 

भेटघाटका क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोगआनपौदन गनेै बिषयमा छलफल भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरुबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिदैँ दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले बिशेष भूमिका खेलेको बताउनुभयो । बौद्ध जन्मस्थल लुम्बिनीको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमार्फत नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्न सकेमा अझै जनस्तरको सम्बन्ध बिकास हुने बिश्वास पनि ब्यक्त गर्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्दै दुई देशबीचको द्विपक्षिय सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउनुहुँदै दुबै देशका बिचमा रहेको ब्यापार घाटा घटाउन आवश्यक पहल गर्न पनि आग्रह गर्नुभयो ।

 नेपालले भियतनामबाट मसला(मरिच), ताजा तथा सुकाइएका फलफुल, माछा, मासु आयात गर्छ भने  नेपालले भियतनामतर्फ मासु र कुकुर र विरालोको खाना निर्यात गर्दै आएको छ । अध्यक्ष तिमिल्सिनाले भियतनामले तीन दशक अघि लागु गरिएका आर्थिक सुधारका कदमहरुको फलस्वरुप भियतनामले हासिल गरेको उच्च आर्थिक वृद्धि प्रति खुसी पनि ब्यक्त गर्नुभयो । 

सो भेटमा पुर्वगृहमन्त्री तुआनले बौद्धजन्मस्थल धेरै भियतनामीका लागि पबित्रस्थलको रुपमा रहेको उल्लेख गर्दै सिधा हवाईसेवा सुचारु गर्न  तथा ब्यापार घाटा घटाउनका लागि पनि पहल गर्ने बताउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button