तपाईँ सुन्दै हुनुहुन्छः

आज संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।

प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । बैठक साँझ ६ः०० बजे बस्नेछ ।

उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरूप आजका लागि बैठक बोलाइएको हो । उहाँका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button