तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम नवलपरासीमा ५३ जनाले त्याग गरे नेपाली नागरिकता

नवलपरासी। पश्चिम नवलपरासीमा ५३ जनाले नेपाली नागरिकता त्याग गरेका छन्।जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार हालसम्म ५३ जनाले नेपाली नागरिकता त्याग गरेका हुन्।

उनीहरूले रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विभिन्न मुलुक जानेहरूले उतैको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग गरेका हुन्।

हङकङ,भारत,जर्मन,अमेरिका,ब्रिटिस ,बेलायत र कोरिया लगायतका देशको नागरिकता प्राप्तिका लागि नेपाली नागरिकता त्यागेका छन् ।हङकङका लागि १९ जना,भारत ७ जना,जर्मन २ जना,अमेरिका ५ जना बेलायत १जना,कोरिया १ जना र ब्रिटिस सरकारको नागरिक बन्न १८ जना नेपालीले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले देखाएको छ।सबै भन्दा बढी हङकङ र ब्रिटिसका लागि नागरिकता त्याग गरेको देखिएको छ।

कानूनतः दुई देशको नागरिकता लिन नपाइने भएपछि बाह्य मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्याग्नेहरू को सङ्ख्या क्रमशः वृद्धि भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताउनु भयो ।

कुनै पनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूची ९ अनुसार दूतावास, गृह मन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ।

स्वदेशमा अवसर नहुनु, राजनीतिक अस्थिरता, विदेशमा श्रमअनुसारको पारिश्रमिक पाउनु र भविष्यको सुरक्षाको खोजी लगायतका कारण पनि नेपालीहरूले स्वदेशी नागरिकता त्यागेर विदेशी नागरिकता लिइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button