तपाईँ सुन्दै हुनुहुन्छः

श्रमिक दिवसमा तीन दर्जन ई रिक्सा महिला चालक सम्मानित

रुपन्देही । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले ३५ जना ई रिक्सा तथा टेम्पो चालक महिलाहरूलाई सम्मान गरेको छ ।

उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरूका ई रिक्सा र ट्याम्पोबाट लिइने करमा छुट दिने बताउनुभयो ।

पाण्डेयले ई रिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको बताउँदै बुटवलमा महिलाहरूलाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताउनुभयो । उहाँले बुटवलमा ई रिक्सा र टेम्पो चालक महिलाहरू स्वरोजगार बनेको र यसले बुटवलको प्रतिष्ठा बढाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button