खजुरा खोला पुलको १५ दिन भित्र काम सुरु नगरे ठेक्का रद्द गर्ने चेतावनी

नवलपरासी । पश्चिम नवलपरासीको वडा नम्बर १६ र ५ जोड्ने खजुरा खोलामा निर्माण हुने भनिएको पक्की पुल अलपत्र भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पुल महाशाखाले ठेकेदार कम्पनीलाई पुल निर्माणको ठोस काम सुरु हुन नसकेको भन्दै ताकेता गरेको छ।
मृत सञ्जीवनी सेवाले २०७७ पुस २७ गते सम्झौता गरी यही असार मसान्तसम्म काम सम्पन्न गर्नु पर्ने भएपनी अहिले सम्म काम सुरु नगरे पछि पुल महाशाखाले ठेकेदार कम्पनीलाई स्पष्ट कारण सहित सम्पर्कमा आउन निर्देशन दिएको हो।गत चैत्र १२ गते यस क्षेत्रका सङ्घीय सांसद विनोद चौधरीले पुलको शिलान्यास गर्नु भएको थियो ।
कुल ९ करोड ७७ लाखको लागतमा बन्ने उक्त पुलको लामो समय सम्म पनि काम सुरु नभएपछि पुल महाशाखाले धरौटी जफत गर्ने चेतावनी सहितको पत्र पठाएको छ ।लामो समय सम्म ठेकेदार कम्पनी सम्पर्कमा नआएको पत्रमा उल्लेख गरिएको छ।काम ढिला सुस्ती हुनुको उचित कारण र म्याद थप गर्नु पर्ने भए सम्पर्कमा आउन समेत आग्रह गरिएको छ।बर्दघाट नगरपालिका र यहाँका जनप्रतिनिधिहरूले सम्बन्धित निकायलाई दबाब दिएपछि पुल महाशाखाले ठेकेदार कम्पनीलाई ताकेता गरेको हो ।









प्रतिक्रिया राख्नुहोस्