तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष  तिमिल्सिना टिचिङमा

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराई रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार बिहान भेट गरि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । 

रुसको भ्रमणमा निस्कनु अघि शिक्षण अस्पताल महराजगञ्ज पुगेर अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको स्वास्थ्य स्थीतिका बारेमा जानकारी लिनुभएको हो ।

भेटका क्रममा तिमिल्सिनाले राष्ट्रपतिज्यू पौडेललाई स्वास्थ्यलाभको कामना गर्नुभएको छ।  सो क्रममा अध्यक्ष तिमिल्सिनालाई चिकित्सकहरू राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हेर्दा खेरी आत्तिइहाल्नु पर्ने नदेखिएको तर थप परिक्षण र उपचारका लागि भारत लैजानु पर्ने   जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button