तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री साउदलाई पाकिस्तानी समकक्षीको बधाई 

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जरदारीले बधाई दिनु भएको छ ।

मन्त्री साउदलाई पाकिस्तानी परराष्ट्रमन्त्री भुट्टोले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई तथा शुभकामना दिनुभएको हो ।

उहाँले पाकिस्तान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको विकासका लागि मन्त्री साउदसँग काम गर्न तत्पर रहेको पनि बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button