तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस काभ्रेको जिल्ला सम्मेलन वैशाख ३० गते हुने 

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेले वैशाख ३० गते जिल्ला सम्मेलन गर्ने भएको छ । 

शनिवार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले ३० गते सम्मेलन गर्ने निर्णय गरेको जिल्ला कार्यसमितिका सचिव माधव ढकालले जानकारी दिनुभयो । 

सम्मेलनमा १ सय ३५ वटै वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन् । 

बैठकले वडा र स्थानीय तहको सम्मेलन तत्काल सम्पन्न गर्न पनि सबै स्थानीय तह र वडा कार्यसमितिलाई निर्देशन दिएको छ । 

चैत्र २ गते सम्पन्न नेपाली कांग्रेस काभ्रेको बैठकले चैत्र मसान्त भित्र सबै वडाको सम्मेलन सकेर गाउँपालिका र नगरपालिका कार्यसमितिको सम्मेलन सक्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button