एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
कर्णाली । नेकपा(एमाले)ले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पर्छाइले संयुक्त रूपमा राजीनामा बुझाउनुभएको थियो ।
आज नेकपा (एमाले)कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारबाट आफ्नो दलले समर्थन फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको थियो ।
गत पुस २७ गते एमालेले नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा दलका नेता शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको थियो ।
एमालेको समर्थनमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुभएको थियो । सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्