क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६)लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ ।
न्यायाधीश शङ्करराज बरालको इजलासले आज नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई वकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।
तत्कालीन समयमा परीक्षण गर्ने डा बिदामा रहेको र उहाँको सट्टामा अर्को डाक्टरको वकपत्र गराइएको देखिएकाले पुनः वकपत्र गराउन आदेश गरेको आदेशमा उल्लेख छ ।
लामिछानेविरुद्ध एक किशोरीले बलात्कार गरेको उल्लेख गर्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिनुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्