तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन दलहरूको बैठक: मन्त्रालय तोक्नेबारे छलफल

काठमाडौँ । सत्ता गठबन्धन दलहरूको आजको बैठकमा कुन दललाई कुन मन्त्रालय दिने सम्बन्धमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कुन दललाई कुन मन्त्रालय दिने भन्ने टुङ्गो लगाउने प्रयास भए पनि सहमति भने भई नसकेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

file photo

बैठकमा मन्त्रालय तोक्ने बारेमा थप छलफल गर्नुपर्ने भएकाले अब भोलि बस्ने बैठकबाट टुङ्गो लगाइने पनि प्रेस संयोजक शर्माले बताउनुभयो ।

दलहरूलाई दिइने मन्त्रालयको सङ्ख्याको विषय टुङ्गिए पनि कुन दललाई कुन मन्त्रालय दिने भन्ने विषयमा दलहरुबीच छलफल जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button