बालुवाटारमा नेकपाको बैठक जारी, राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोट मुख्य ऐजेण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा_ को सचिवालय बैठक आज बालुवाटरमा बसिरहेको छ । शुक्रबार बिहान ८ : ३० बजेबाट बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटको विषय मुख्य ऐजेण्डा रहेको बताईन्छ ।
राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ ।






प्रतिक्रिया राख्नुहोस्