तपाईँ सुन्दै हुनुहुन्छः

अछामका सात मध्ये दुई वटा क्याम्पसमा स्ववियु निर्वाचन

अछाम । अछामका दुई वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको छ ।

त्रिभुवन विश्वविद्यालयले तोकेको स्ववियु निर्वाचन तालिका अनुसार त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोट र कमलबजार बहुमुखी क्याम्पस कमलबजारमा आज बिहानदेखि निर्वाचन भएको छ ।

त्रिपुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घबाट कमल कुँवरको नेतृत्वमा र एमाले निकट अनेरास्ववियुबाट सन्तोष बहादुर कडायतको नेतृत्व चुनावी मैदान प्रतिस्पर्धामा छन्।

यस्तै, कमलबहादुर बहुमुखी क्याम्पस नेविसंघबाट मनिषा बिष्ट र एमाले निकट अनेरास्ववियुबाट सुरेन्द्र चलाउने चुनावी प्रतिस्पर्धामा छन्।

अछामका दुवै क्याम्पसमा नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियुले गठबन्धन गरि चुनावी गठबन्धन गर्दा एमाले निकट अनेरास्ववियु एक्लै चुनावी मैदानमा छ।

पाँच क्याम्पसमा निर्वाचन स्थगित

यस्तै, अछामका पाँच क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएका छन्। 

विभिन्न विद्यार्थी सङ्गठनले आफ्ना माग पूरा नभएको भन्दै तालाबन्दी गर्दा अछाम बहुमुखी क्याम्पस मङ्गलसेन, जनता बहुमुखी क्याम्पस बयालपाटा, पञ्चदेवल बहुमुखी क्याम्पस विनायक, जनशिखा बहुमुखी क्याम्पस मेल्लेख र कैलाश बहुमुखी क्याम्पस कालागाउँमा स्ववियु निर्वाचन स्थगित भएका छन्।

क्याम्पसहरूमा विद्यार्थी भर्नाका विषयमा विवाद हुँदा तालाबन्दीको अवस्था सिर्जना भएको छ। क्याम्पस तालाबन्दी हुँदा पठनपाठनमा प्रभावित भएको छ।

अछाम बहुमुखी र जनता बहुमुखी क्याम्पसमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु , समाजवादी निकट अनेरास्ववियु माओवादी निकट अखिल क्रान्तिकारीले आ-आफ्ना ताला लगाएका छन्।

निर्वाचन कार्यालय र क्याम्पस प्रशासन तालाबन्दी हुँदा निर्वाचन तालिका प्रभावित भएको भन्दै निर्वाचन समितिहरूले अनिश्चितकालका लागि स्ववियु निर्वाचन स्थगित गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button