तपाईँ सुन्दै हुनुहुन्छः

‘न्यायमा सहज पहुँचका लागि कानूनी जटिलता हटाउनुपर्छ’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानूनी प्रक्रियाका कारण जनताले सजिलै न्याय पाउन नसकेको बताउनुभएको छ ।

नेपाल ल क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आयोजना गरेको ‘कानुनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रममा अध्यक्ष ओलीले नागरिकको न्यायमा सहज पहुँचका लागि कानूनी जटिलताहरू हटाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीसँगको अन्तरक्रियामा उहाँले प्रशासनिक ढिलासुस्ती पनि कानूनी प्रक्रियाका कारणले भइरहेको तथा कतिपय कानून र कानूनी प्रक्रियाले विकासका काममा अवरोध पुर्‍याएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले नयाँ पुस्ता सकारात्मक र ऊर्जाशील हुनुपर्ने बताउँदै विश्वविद्यालयमा गैर शैक्षिक क्रियाकलाप नगर्न समेत सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button