टीकापुर नगरपालिकाको नाममा अन्तरिम आदेश जारी
टीकापुर कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर नगरपालिकाकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
टीकापुर नगरपालिका वडा नम्बर १ वनगाउँस्थित जग्गा खाली नगर्न कैलाली जिल्ला अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीको एकल इजलासले वनगाउँका स्थानीय नरबहादुर बुढामगरसहित ७ परिवारले भोगचलन गर्दै आएको झन्डै एक बिघा जग्गा, घर, गोठबाट नहटाउनु, नभत्काउनु भन्दै अन्तरिम आदेश दिएको छ ।
अदालतले नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारु र टीकापुर नगर विकास समितिका नाममा जग्गा खाली नगराउन अन्तरिम आदेश दिएको हो ।
आदेशमा नगरपालिका नगर प्रमुख थारु र नगर विकास समितिलाई १५ दिनभित्र लिखित जवाफ पठाउन समेत भनिएको छ ।
टीकापुर नगरपालिकाले उक्त जग्गालाई सार्वजनिक जग्गा भन्दै खाली गर्न सूचना जारी गरेको थियो । नगरपालिकाले गत कात्तिक महिनामा ३५ दिने सूचना जारी गर्दै अतिक्रमित जग्गा तथा सार्वजनिक जग्गा खाली गराउन भनेको थियो ।







प्रतिक्रिया राख्नुहोस्