तपाईँ सुन्दै हुनुहुन्छः

खखडेहरा पर्वको अवसरमा कञ्चनपुर र कैलालीमा मङ्गलवार सार्वजनिक बिदा

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले फागुन ३० गतेका दिन कञ्चनपुर र कैलाली जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले फागुन ३० गते एक दिन रानाथारू समुदायको खखडेहरा पर्वको अवसरमा कञ्चनपुर र कैलाली जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कञ्चनपुर र कैलालीमा स्थायी बसोबास गर्ने रानाथारू समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा राजपत्रमा चैत्र १ गते बिदा दिने भनिए तापनि सोलाई संशोधन गरी फागुन ३० गतेका दिन बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णु दत्त अवस्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button