करेन्ट लागेर १ जनाको मृत्यु
सुनसरी । सुनसरीको कोशी गाउँपालिका-७ यादव टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीय निरञ्जन यादव रहेका छन् ।
आज दिउँसो साढे १२ बजे आफ्नै मकै बारीमा मोटरबाट पानी लगाउने क्रममा मोटरबाट करेन्ट लागेर यादवको मृत्यु भएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्