तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु, २४ जना घाइते, ५को अवस्था गम्भीर

सिन्धुली ।  सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमान्डौको लागि छुटेको बस सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिरमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरू सबैको उद्धार गरी अहिले उपचारको लागि खुरकोट स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राज कुमार सिलवालले जानकारी दिनुभयो । मृतक मध्ये २ जना महिला, २ पुरुष र १ बालक रहे पनि उनीहरू सनाखत भई नसकेको उहाँको भनाई छ ।

आज बिहान समयमा ओखलढुङ्गाबाट काठमाण्डौको लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कल गाउँपालिका २ कुईभरिमा दुर्घटना भएको हो । बस आफैँ अनियन्त्रित भई भित्तामा गएर ठोकिएर दुर्घटना भएको हुन सक्ने अनुमान गरे पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button