सेफ्टी ट्याङ्कीमा भेटियाे महिलाको शव

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटामा महिलाको शव फेला परेको छ ।
निर्माणाधीन रहेको रिफ्रेस सेन्टरको सेफ्टी ट्याङ्कीमा शनिवार महिलाको शव भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पानीमा डुबेकोले शवलाई पहिचान गर्न नसकिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक कपिल जङ्ग शाहीले जनकारी दिनुभयो ।
दुर्गन्धित क्षेत्र रहेकोले शवको पहिचान हुन नसकेको प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्