तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको जङ्गलमा एक  महिलाको शव भेटियो

रोल्पा ।  रोल्पाको जङ्गलमा एक  महिलाको शव भेटिएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ४ ठुलो नम्जा निवासी मनकुमारी खड्काको शव  घोपी गहिरा खोलाको जङ्गलमा  फेला परेको हो । 

मृतक  खड्का फागुन १० गते  रातिदेखि बेपत्त्ता थिइन ।   खड्काको शव सडक देखि करिब  ७ सय  मिटर तल  सडे गलेको अवस्थामा भेटिएको हो । उनको शव दाहिने खुट्टाको गोली गाँठा भन्दा माथि घुँडासम्म जङ्गली जनावरले  खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक श्याम कुमार शारूले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button