गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुने

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन महिनायता रोकिएको अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुनेभएको छ ।
यहाँबाट जेठ २ गतेदेखि पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरवेजले मौसममा प्रतिकुल समस्या आएपछि पुस महिनादेखि उडान रोकेको थियो । जजिराले २५ फागुनदेखि सुचारु गर्ने उडानको तालिका सार्वजनिक गरेपछि अब उडान नियमित हुनेभएको । जजिरा एयरवेजले २५ फागुनदेखि भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।
जसअनुसार भैरहवाबाट कुवेतका लागि मङ्गलवार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ । कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको एकतर्फी भाडा कायम गरेको छ ।
निजी क्षेत्रले यहाँबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न दबाब दिँदै आएका थिए ।








प्रतिक्रिया राख्नुहोस्