तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाल शुक्रबार कतार जानुहुँदै 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरू (एलडिसिज) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जानुहुने भएको छ । 

परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वको प्रतिनिधि मण्डल कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडिसिज) को सम्मेलनमा जान लागेको जानकारी दिएको हो । 

एलडीसीको दोहामा हुने पाँचौँ सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल २२ गते नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । एलडीसीको सम्मेलनमा परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले पनि भाग लिनुहुनेछ । 

परराष्ट्रमन्त्री डा.पौड्याल आजै मानव अधिकार परिषद्को ५० औँ सत्रमा भाग लिन जेनेभा जाँदै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री डा.पौड्यालले जेनेभामा हुने मानव अधिकार परिषद्को बैठकमा नेपालले मानवअधिकारका क्षेत्रमा गरेको प्रगति र राम्रा अभ्यासलाई प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

उहाँले जेनेभा बैठकमा सहभागी हुँदा द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धलाई सुदृढ बनाउने मौका रुपमा उपयोग गर्ने जानकारी गराउनुभयो ।  

परराष्ट्रमन्त्री डा.पौड्याल जेनेभामा मानव अधिकार परिषद्को बैठकमा सहभागी भएर कतारको दोहामा हुने एलडीसीको सम्मेलनमा भाग लिन जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button