त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश
झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
मेची रङ्गशालामा शनिबार चेतन केसीले निर्णायक गोल गर्दा सङ्कटामाथि १–० को जित हासिल गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
खेलको १ सय १ औँ मिनेटमा सङ्कटाका सौरभ दासले आर्मीका प्रज्वल गुरुङलाई फाउल गरेपछि पाएको मौकामा गोल निस्किएको थियो । खेलको म्यान अफ दि म्याच आर्मीका सुरज बस्नेत घोषित भए ।
अब आर्मीले उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबिचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आइतबार मच्छिन्द्र र एपीएफ भिड्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्