तपाईँ सुन्दै हुनुहुन्छः

डेढ टन गाँजा, चरेस र हतियारसहित ५ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले डेढ टन बढी गाँजा, चरेस र हतियारसहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार १ हजार ५१५ किलो गाँजा, १३ किलो चरेश, ६ राउण्ड गोली, एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोलसहित ५ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा शुक्रबार मकवानपुरको कैलाश गाउँपालिका–६ दुम्सिखर्कका जितबहादुर मोक्तानको घरगोठ खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध र बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले ७६ वर्षीय मोक्तानसहित सोही स्थानका २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शेखर घलेलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button