तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । 

सांसद रहमानको आज ६४ वर्षको उमेरमा निधन भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button