तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्माओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा उहाँहरुबीच राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति निर्वाचनको मनोनयन नजिकिँदै गर्दा दलका नेताहरुबीच व्यापक छलफल र दौडधुप चलिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button