सार्वजनिक स्थानमा डिजे बजाउन रोक

बारा । बारा प्रहरीले जिल्लामा सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाएको छ ।
जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने गरी निर्देशन दिइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक बोगटीले सार्वजनिक स्थानमा डिजे बजाएको पाइएमा प्रहरीलाई जानकारी गराउन अनुरोध गर्नुभएको हो ।
गाडीमा ठुला स्पिकर राखेर चर्को आवाजमा गीत बजाउने क्रम बढ्दो अवस्थामा रहेपनि नियन्त्रणका लागि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो ।
उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि प्रहरीले नियन्त्रण गर्न लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्