नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विपन्न व्यवसायीलाई लगानी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरूमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरूलाई ८० लाख रुपैयाँ लगानी गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर ४, ७, ८, ९, ११ र २० का ४८ जनालाई न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम् २ लाख रुपैयाँ प्रदान गरिएको छ । साझेदारी विकास कार्यदलका संयोजक एवम् नेपालगञ्ज २० का वडा अध्यक्ष कौशलकुमार धोबीले आज चेक हस्तान्तरण गर्नुभएको हो ।
“सानो स्केलमा व्यापार व्यवसाय गरिरहेका विपन्न समुदायका व्यक्तिहरूलाई आर्थिक सहजताका लागि लगानी गर्ने उद्देश्य अनुसार चेक रकम हस्तान्तरण गरेका हौँ, वडा अध्यक्ष धोबीले भन्नुभयो–“खासगरी लक्षित समुदाय अन्तर्गत मधेशी, मुस्लिम, पिछडिएको वर्ग, अल्पसङ्ख्यकहरूको पहिचान गरेर आवश्यकताका आधारमा लगानी गरेका हौँ ।” नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक लगानी गरेपछि व्यवसायीहरू खुसी र उत्साहित भएको धोबीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्