तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज

धुलिखेल I जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ । 

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ । राहदानी वितरण सहज गराउने कार्यको सुरुआत भएको उहाँले बताउनुभयो । जिल्लामा कार्य सम्पादन सुरु गरेलगत्तै राहदानी लिन आउने सेवाग्राहीका लागि टोकन प्रणाली सुरु गरेको उहाँ बताउनुहुन्छ । सेवाग्राहीको फारम कार्यालयले नै भर्ने गरेको छ । 

लामो समयदेखि झन्झटिलो रहेको प्रक्रियालाई सरल, सहज र नागरिकमैत्री बनाउन जिल्लामा यस्तो प्रणाली लागू गरिएको प्रजिअ पौडेलको भनाइ छ । सेवाग्राही र प्रशासनबिचको दूरी घटाई कार्यमा शीघ्रता ल्याउन राहदानीबाट सुरु गरिएको यो अभियान बिस्तारै आवश्यकताअनुसार नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवामा समेत लागू गरिने उहाँले बताउनुभयो । 

“अब सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने छैन । समय र टोकन  लिई  बुक  गरेको  समयमा  कार्यालयमा  आएर आफ्नो काम गरेर जान सक्ने छन्”, उहाँले भन्नुभयो ।  कार्य सहजताका लागि वाणिज्य बैङ्कको काउन्टर बिदाको दिन पनि खोल्ने र सेवाग्राहीले आफूले पाएको समयमा मात्र गर्न सकिनेसमेत कार्यालयले जनाएको छ ।   रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button