प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीति र सत्ता साझेदारीका विषयमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भएको भेटमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालन र सरकारका न्यूनतम साझा नीति तथा कार्यक्रमका विषयमा छलफल भएको हो ।

दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक र सत्ता साझेदारीका विषयमा हुँदै आएको भेट कै निरन्तरता भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरी तिमल्सिनाले जानकारी दिनुभयो ।
भावी राष्ट्रपतिबारे फरक–फरक कोणबाट चर्चा भइरहेका बेला सत्तारूढ दलका दुई शीर्ष नेताबीच आज छलफल भएको हो ।
नेकपा एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताउँदै आएको छ भने नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने बताउँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्