तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकीमा खसेको बसका घाइतेको पोखरामा उपचार हुँदै 

कास्की । मुस्ताङको जोमसोमदेखि पोखरा आउँदै गरेको यात्रु बाहक बस कालीगण्डकी नदीमा खसेको छ ।

पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट कालीगण्डकीमा खसेको हो । दुर्घटनामा दुई भारतीयसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते १०  जनाको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । 

ना ७ ख ७४४० नम्बरको बस नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र ४ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक डिएसपी  रवीन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बस करिब ४५ मिटर तल खसेको हो ।

बस सिधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button