तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी दाङमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ पुग्नुभएको छ । आज राष्ट्रपति भण्डारी काठमाडौँबाट हेलिकप्टरमार्फत ११ः३० बजे दाङ पुग्नुभएको हो । 

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद थपलियाले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो । 

राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्नुहुने कार्यक्रम  छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button