समृद्ध समाज निर्माणका लागि गठबन्धन जोगाउन आवश्यक : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशलाई समृद्ध बनाउने बाटोमा लागिरहेको बताउनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औ महाधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले ५ दलीय गठबन्धन तोडेर अहिलेको सरकार बन्नु खुसीको कुरा भएको तर स्पष्ट बहुमत नहुनु अस्थिरताको कारक हुनसक्ने भन्दै समृद्ध समाज निर्माणका लागि यो गठबन्धनलाई जोगाउन सजग रहनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले पार्टीलाई आधारभूत तहमा स्थापित गराउन ग्रास रुट अभियान मार्फत लागि पर्न र विचार र कामबाट आफूलाई अब्बल बनाउन अनेरास्ववियुलाई आग्रह गर्नुभयो ।

महाधिवेशनमा पार्टीका महासचिव शङ्कर पोखरेलले अनेरास्ववियु देशको वैचारिक, अनुशासित र सक्षम शक्तिका रुपमा उभिन जरुरी रहेको बताउनुभयो ।
उहाँले नेपालको राजनीतिक परिवर्तनमा अनेरास्ववियुले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गदै राष्ट्र निर्माणमा बलियो राजनीतिक मियोको रुपमा स्थापित हुन आजको आवश्यकता रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्