तपाईँ सुन्दै हुनुहुन्छः

‘उचित’ वातावरण नभएको भन्दै चीनद्वारा अमेरिकी फोन अस्वीकार

बेइजिङ। चीनको रक्षा मन्त्रालयले कथित चिनियाँ जासूस बेलुनलाई गोली हानेपछि अमेरिकाले वार्ता र आदानप्रदानका लागि ‘उचित वातावरण सिर्जना नगरेको’ भन्दै अमेरिकी रक्षा सचिव लोयड अस्टिनको फोनलाई अस्वीकार गरेको छ ।

मन्त्रालयका प्रवक्ता तान केफेईले बिहीबार ढिलो जारी गरेको विज्ञप्तिमा अमेरिकी कारबाहीले ‘गम्भीर रूपमा अन्तर्राष्ट्रिय मान्यताहरूको उल्लङ्घन गरेको र विनाशकारी उदाहरण स्थापित गरेको’ बताउनुभयो ।

“अमेरिकाको यो गैरजिम्मेवारपूर्ण र गम्भीर गलत दृष्टिकोणले दुई सेनाबीच वार्ता र आदानप्रदानका लागि उपयुक्त वातावरण सिर्जना नगरेको कुरालाई ध्यानमा राख्दै चीनले दुई रक्षा मन्त्रीबीचको फोन कलका लागि अमेरिकी प्रस्तावलाई अस्वीकार गर्यो”,तानले भन्नुभयो।

उहाँले भन्नुभयो, “चीनसँग उस्तै परिस्थितिसँग सामना गर्न आवश्यक पर्ने कुनै पनि माध्यम प्रयोग गर्ने अधिकार सुरक्षित छ।”

चीनले उक्त वस्तु बाटोमा उडाएको नागरिक मौसमी बेलुन भएको दाबी गरेको छ । तर त्यो कसको हो वा अन्य विवरणहरू प्रदान गरेको छैन।

सुरुमा घटनामा ‘खेद’ व्यक्त गरेपछि, चीनको बयान हालका दिनहरूमा कडा भएको छ किनकी एफबीआईले साउथ क्यारोलिनाको तटमा रहेको अमेरिकी क्षेत्रीय पानीमा डाउनिङको साइटबाट भग्नावशेष सङ्कलन गर्दा र परीक्षणको लागि भर्जिनियाको क्वान्टीकोमा रहेको एफबीआईको प्रयोगशालामा पठाउने छ।

बेइजिङले अमेरिकाले यसलाई गोली हानेर ‘अधिक प्रतिक्रिया’ दिएको बताएको छ। विदेश मन्त्रालयले उक्त कार्यलाई ‘गैरजिम्मेवार’ भनेको छ र अमेरिकाको दावीलाई ‘चीन विरुद्ध अमेरिकी पक्षको सूचना युद्धको एक हिस्सा’ भनेर जासुसी गरेको बताएको छ।

पेन्टागनका अनुसार अस्टिनले शनिबार आफ्ना चिनियाँ समकक्षी वेई फेन्घेसँग बेलुन मुद्दामा छलफल गर्न खोजेको तर त्यसलाई अस्वीकार गरियो।

घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस हप्ता बेइजिङको नियोजित भ्रमण रद्द गर्नुभएको छ । पछिल्लो दशमा दुई मुलुकबीचको सम्बन्ध सबैभन्दा तल्लो स्तरमा झरेका बेला विदेशमन्त्रीको भ्रमणले द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउन सहयोग पुर्याउने अपेक्षा केहीले गरेका थिए ।एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button