उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३:०० बजे बस्दै
काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ः०० बजे बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्