तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति

काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहनुभएका अध्यक्ष ओलीबीच आज बालकोटमा भएको भेटमा भोलि राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवार लगायतका विषयमा छलफल गर्ने सहमति भएको हो ।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार र सरकारका कामकारबाहीबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने जानकारी दिनुभयो ।

राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते तोकिएको छ । फागुन २८ मा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल सकिँदै छ ।सत्ता साझेदार दलबीच राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे एक मत हुन सकेको छैन ।

एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आएपनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने बताउँदै आउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button