मधेस प्रदेश सरकारमा माओवादी सहभागी हुँदै
जनकपुरधाम। मधेस प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री सहभागी हुने भएका छन् ।
मधेस प्रदेश सरकारमा नेकपा माओवादीका दुई मन्त्री सहभागी हुनेभएपछि मंगलबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशले जनाएको छ ।
एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो । मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई माओवादी केन्द्रले पठाएको हो ।
उद्योग, पर्यटन तथा वन मन्त्रीमा यादव र साही मन्त्रालयको राज्यमन्त्रीमा अन्सारीलाई पठाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् ।
गत माघ २० गते मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र मधेस सरकारमा सहभागी भएको थिएन ।








प्रतिक्रिया राख्नुहोस्