तपाईँ सुन्दै हुनुहुन्छः

सत्य, तथ्य र निष्पक्ष पत्रकारिता जरुरी : मन्त्री थापा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका (विना विभागीय) मन्त्री सन्तोष थापा शर्माले सत्य, तथ्य र निष्पक्ष पत्रकारिता जरुरी रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको २५औ स्थापना दिवसका अवसरमा आज धनगढीमा आयोजित पत्रकारहरूका चुनौती र अवसर विषयक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शर्माले सरकार पत्रकारिता क्षेत्रको विकासका लागि हातेमालो गरि अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले राजनीति र सामाजिक परिवर्तनमा मिडियाको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै व्यावसायिक एवं तटस्थ पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो । 

मन्त्री शर्माले प्रदेश सरकारले चाडै पूर्णता पाउने जानकारी दिनुभयो । यस्तै कार्यक्रममा पत्रकार महासघका सचिव हेमकर्ण विक, महासघका प्रदेश अध्यक्ष योगेश रावल, पत्रकार महासघका पूर्व क्षेत्रीय संयोजकद्वय कर्ण शाह, प्रकाशविक्रम शाह, महासघका सल्लाहाकार जगत साउद, जिल्ला अध्यक्ष हिमाल जोशी, प्रेस चौतारीका प्रदेश महासचिव शिवराज भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओलीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारिता विषयका उपप्राध्यापक भुवनी भण्डारीले पत्रकारिता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

यसैबिच प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले स्थापना दिवस पारेर १५ हजार राशिको कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार घोषणा गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button