लुम्बिनीको गुरुयोजनाभन्दा बाहिर गएर काम नगर्न मन्त्री किराँतीको निर्देशन

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनीको गुरुयोजना भन्दा बाहिर गएर काम नगर्न विकास कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
बिहान मैले कडा निर्देशन दिएको छु मन्त्री किराँतीले भन्नुभयो, लुम्बिनी गुरुयोजना भन्दा बाहिर गएर काम गर्ने शाहस नगर्नु होला । गुरुयोजना हामीले सम्पन्न गर्नुपरेको छ ।
विकास कोसका पदाधिकारीलाई गुरु योजना किन लम्बिएको भन्दै लुम्बिनी विकास कोसका पदाधिकारीलाई प्रश्न गर्नुभएको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री किराँतीले लुम्बिनी तोकिएको समय भन्दा भन्दा २८ वर्ष किन लम्बियो भनेर प्रश्न गरेको बताउनुभयो । विधिको शासनमा देश हिँड्नुपर्छ गुरुयोजना भन्दा बाहिर काम गर्न मिल्दैन । छिटो सम्पन्न गर्नुपर्छ मन्त्री किराँतीले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्