‘सबै मन्त्रालयहरूमा छुट्टै संयन्त्र संसदीय डेस्क स्थापना हुनुपर्ने’
काठमाडौँ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन पारित गरेको छ ।
संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले संसदीय समितिले दिएका निर्देशनहरू कार्यान्वयन गर्न सबै मन्त्रालयहरूमा छुट्टै संयन्त्र संसदीय डेस्क स्थापना हुनुपर्ने बताउनुभयो ।
यस्तै, समितिका निर्देशन कार्यान्वयन गर्नेक्रममा थप आर्थिक भार पर्ने भएमा त्यसको व्यवस्थाका लागि समेत सम्बन्धित समितिले नै समन्वय गर्नुपर्ने पनि बताउनुभयो ।
समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले सांसदहरूबाट प्राप्त सुझावहरू समेत समावेश गरी सो प्रतिवेदन संसद्मा पेश गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्