तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा चितुवाको छालासहित एक पक्राउ

पाल्पा । पाल्पाको रैनादेबी छहरा गाउँपालिका २ दिगबाट चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रैनादेबी छहरा गाउँपालिका २ दिगका ३८ बर्षीय सोमान सिंह खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हिजो दिउसो करिब पौने ४ बजेको समयमा घरमा लुकाई छिपाई राखेको अवस्थामा चितुवाको छालासहित खत्रीलाई इलाका प्रहरी कार्यालय मुझुङ्गले नियन्त्रणमा लिएको हो ।

खत्रीको घरबाट चितुवाको मुख देखी पुच्छरसम्मको ६ फिट २ इन्च र छातीको भागको ३ फिटको छाला फेला पारि थप अनुसन्धानको लागी सब डिभिजन वन कार्यालय हार्थोक बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button