तपाईँ सुन्दै हुनुहुन्छः

आठ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैङ्क

काठमाडौँ। सरकारलाई आवश्यक आन्तरिक ऋण व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले बुधबार आठ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

राष्ट्र बैङ्कले माघ १८ गते बुधबार आठ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०८४ ‘झ’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । सो ऋणपत्रको बोलकबोल भने मङ्गलबार हुने सोमबार जारी गरिएको सर्कुलरमा उल्लेख छ ।

राष्ट्र बैङ्कले जारी गर्न लागेको ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने भएका छन् ।

ऋणपत्रको साँवा भुक्तानी मिति २०८४ माघ १८ गते रहेको छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैङ्कले जनाएको छ ।राष्ट्र बैङ्कमा खाता नरहेका बोलवालाहरूले ऋणपत्र खरिद गर्न चाहेमा खरिद गर्ने रकमको २ दशमलव ५० प्रतिशतले अर्नेस्ट मनीबापतको रकम बैङ्कको खातामा जम्मा गरी प्राप्त भौचर बुझाउनुपर्ने बताइएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबलवालालार्ई निष्कासित रकमको छ अर्ब ८० करोड (८५ प्रतिशत) र एक अर्ब २० करोड अर्थात् १५ प्रतिशत छुट्याइएको राष्ट्र बैङ्कले जनाएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैङ्क तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत सकिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button