तपाईँ सुन्दै हुनुहुन्छः

रसुवामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया

काठमाडौँ । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रसुवा जिल्लाको कालिका गाउँपालिकामा यही माघ १५ गते आइतबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, शिक्षक, बीमा अभिकर्ता, बीमकका प्रतिनिधि, कृषक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बीमा अभिकर्ताले सत्य जानकारी नदिने, झुट्टा विवरण उपलब्ध गराउने र आफ्नो स्वार्थमा मात्र केन्द्रित भएर काम गर्ने गरेको गुनासो गर्नुभयो ।

गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक बुद्धिनाथ न्यौपानेले गाउँपालिकाले कृषि बीमा शुल्कमा १० प्रतिशत अनुदान दिने गरेको जानकारी दिनुभयो ।

साथै, उहाँले बीमा दाबी भुक्तानी झन्झटिलो रहेको, बीमा कम्पनीले कुखुराको बीमा नगरेको, बाख्राको बीमा गर्दा दुर्घटना बापत लिने गरेको रकम बढी भएको र बीमा शुल्क भन्दा बढी रकम लिने गरेको जस्ता गुसानाहरु आउने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा दाबी भुक्तानी सरल बनाउन र स्वच्छ एवम् पारदर्शीरुपमा बीमा व्यवसायलाई अघि बढाउन बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गर्नुभएको थियो भने सहायक प्रथम शिव प्रसाद खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button