भूकम्प आउने भ्रम फैलिएपछि जुम्लामा कठ्याग्रिदाे चिसोमा रातभर जाग्राम
भ्रम फैलाउने व्यक्ति खोज्दै प्रशासन
जुम्ला ।भूकम्प आउँदै छ,भन्ने गलत भ्रम फैलिएपछि जुम्ला सहित कर्णालीका नागरिक रातभर जाग्राम बसेका छन् । भूकम्प आउँदै छ,भनी गलत अफवाह फैलाएपछि कर्णालीका जुम्ला,मुगु,कालिकोट,हुम्ला डोल्पा सुर्खेका नागरिक माघको कठ्याग्रिदाे चिसोमा घर छोडेर चाैर,सडक खेतबारिमा रातभर जाग्राम बसेका हुन् ।
जुम्लामा शनिवार राती करिब १ बजेपछि भूकम्प आउने हल्ला फैलिएपछि सबै नागरिक घरबाहिर निस्किएका हुन्। बुढापाका,बालबच्चा,महिला युवायुवती सबै घरबाट निस्किएर रातभरमा आगाेकाली बसेको पाइएको छ ।
जुम्लाका आठै स्थानीयतहका ६० वटै वडाका नागरिक भुकम्पआउने त्रासले बाहिर बसेका थिए ।मस्त निद्रामै सुतिहहेकाे थिए । रातकाे करिब १ बजे तिर हाे फाेनकाे घन्टि २/३ पटक बज्याे । तेस्राे पटक उठाए ताताेपानीका स्थानीय लाेक बहादुर दमाईले भने,”आफन्तकाे फाेन आयाे । भूकम्प आउँदै छ । तत्काल घरबाहिर निस्कनुहाेेस्,जत्तिबेला पनि आउन सक्छ,अरुलाई पनि भन्नुहाेस भनेपछि एक्कासी उठेर बाहिर आए । बाहिर आउदा निकै हाेहल्ला थियाे थियाे । सबै छरछिमेक जागि सकेका थिए । पछि सबै आगाे बालेर विहान ६ बजेसम्म चिसाेमै बस्याै ।”
त्यस्तै चन्दननाथ नगरपालिका ३ निवासी अनिता नेपाली राती २ बजेतिर एक्कासी भूकम्प आउँदै छ भन्ने फाेन आएपछि त्रासकै बिच घरबाहिर निस्किएकाे बताउनुभयाे । उहाले भन्नुभयाे,”म बाहिर आउनु अघिनै सबै छरछिमेक गाउँले खेतबारिमा आगाे बालि बसिसकेका थिए । भूकम्प जानकारि दिएर आउदैन भन्ने थाहा थियाे । तर मनकाे डर र त्रासले सबै रातभर बाहिर बस्याै,चिसाैखायाै ।”
जुम्ला घर भएकि बिनिता डाँगि सुर्खेत बस्छन्,सुर्खेतमा भूकम्प आउने कुरै हल्ला थिएन् । तर जुम्लाबाट आफन्तले भूकम्प आउदैछ सुरक्षित रहनु भनेर बार बारभनेपछि घरबाहिर नस्किएकाे बताईन् । त्यस्तै ताताेपानी ६ का धन बहादुर विष्ट पनि मिठाे निद्रामै रहेका बेला घरबाट बुबाले भूकम्प आउँदै अरे उठ् बाहिर निस्क भनेपछि हतासभएर चाैरमापुगेकाे उल्लेख गर्नुभयाे ।
उता मुगु जिल्लामा पनि भूकम्प आउने डरले सबै क्षेत्रका स्थानिय रातभर बाहिर राजग्राम बसेको स्थानीय राज कुमार बामले जानकारी दिनुभयाे ।एक कान,दाेकान मैदान भएर भूकम्प आउँदै छ भन्ने गलत अफवाह कर्णालीभरि फैलिएपछि यहाँका नागरिक आईतबार रातभरी जाग्राम बस्न बाध्य भएका छन् । यदपि सुरुमा कसले भ्रम फैलाएकाे हाे भन्नेपत्ताे छैन् । रातभर चिसाे खाएका स्थानियहरु भ्रम फैलाउने प्रति आक्राेसित भएका छन् ।
भ्रम फैलाउने व्यक्ति/ समूह खाेज्दै प्रशासन
प्रमुख जिल्ला अधिकारी मुकेश केसरी भुकम्प आउने भ्रम फेैलिएपछि आफुपनि रातभर नसुतेकाे बताउनुहुन्छ । कताबाट हल्ला फैलियाे पत्ताेनै भएन् । रातभर ठाउँठाउँबाट फाेन मात्रै आउँछ, ।उहाले भन्नुभयाे,” रातभर फाेन आउनेजत्तिलाई याेभ्रम हाे नआत्तिन सुझाव दिए । तर पनि जुम्लाका सबै नागरिक घर छाेडेर बाहिर बसेकाे पाईयाे । यसरी दुख दिने नियतले गलत हल्ला फैलाउनेकाे खाेजि कार्य जारि छ। पत्ता लाग्नेबित्तिकै नियमानुसार कारबाहि गरिने छ ।”
हाल सम्म विश्वमा भुकम्प आउदै गरेकाे पुर्वजानकारी दिने यन्त्र र प्रविधिकाे विकास भएकाे छैन् । तर कर्णालीका नागरिकले कसैले भनेकै भरमा त्रसित हुनु चेतना अभावकाे उपज संगै ज्यानकाे माया पनि हाे । भुकम्प कहिले पनि बाजा बजाएर नआउने विषयमा आम नागरिक सचेत हुनु पर्नेमा प्रजिअ केसरीकाे भनाई छ ।
भुकम्प आउने पूर्वजानकारी हुने भए २०७२ काे भुकम्पमा त्यति ठुलाे मानवियलक्षति हुनेनै थिएन् । भुकम्पिय जाेखिममा कुनैभेग क्षेत्र रहेकाे आकल,अनुमान गर्न सकिन्छ । तर भुकम्प आउदै भनेर ठाेकुवा गर्नु भ्रम फेैलाउनु भने एक खाले अपराध हाे,यसकाे तत्काल अनुसन्धान गरि दाेषिलाई कारबाहि गर्नुपर्ने नागरिक अगुवा राज बहादुर महतकाे भनाई छ ।
भुकम्प एक प्राकृतिक प्रकाेप हाे । भुकम्पले भन्दा पनि भुकम्पपछि कमजाेर संरचनाले जाेखिम निम्त्याउने रक्षति बढ्नेभएकाेले त्यसतर्फ आम नागरिक सचेत रहन जरुरी छ । घर भवन निर्माण गर्दा अनिवार्य भुकम्प प्रतिराेधि निर्माण गर्न र स्थानिय सरकारले नितिनै पास गर्न आबश्यक छ ।








प्रतिक्रिया राख्नुहोस्