आयात प्रतिबन्धबाट २.५ अर्ब डलर बचत
कोलम्बो। सन् २०२२ मा आयातमा लगाइएको प्रतिबन्धपछि दुई अर्ब ५० करोड अमेरिकी डलर बचत भएको श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बताउनुभएको छ ।
बचत भएको रकमबाट इन्धन, औषधि, मललगायतका अत्यावश्यक वस्तु आयात गरिएको अन्तर्राष्ट्रिय भन्सार दिवस समारोहमा राज्यमन्त्री पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयात प्रतिबन्धका कारण मानिसहरूले सन् २०२२ मा जस्तो कष्ट भोग्नुपर्ने छैन । देशले कर वृद्धि गरेर राजस्व पनि बढाएको छ र ब्याज दर बढाएर मुद्रास्फीति घटाएको छ ।”
श्रीलङ्का सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४०० भन्दा बढी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर आर्थिक सङ्कटको अवस्था केही सुस्ताएपछि केही वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको थियो ।सिन्ह्वा







प्रतिक्रिया राख्नुहोस्